काठमाडौं । आत्मविश्वाश र दृढ शक्तिमा आफैंमा बलियो भयो भने जिन्दगीमा आईपर्ने जस्तासुकै कठिनाईहरु पनि पार गर्न सकिन्छ । चाहे त्यो रोगसँग होस् वा भोक सँग । हो मानिस जन्मिएर हुर्कदै बढ्दै जाँदा अनेकौं सपनाहरु देख्न र बुन्न थाल्छन् र यो स्वभाविक पनि हो ।
तर सबैको सपना सोचेको जस्तो कहाँ हुन्छ र । जिन्दगीको गोरेटामो कति बेला के हुन्छ कस्लाई के थाहा । लाउ लाउ र खाउ खाउ भन्ने उमेरमा प्राण घातक रोग लागेर ओछ्यानमा थला परिन्छ भन्ने सायदै कसैले कल्पना सम्म गरेको हुँदैन । भावीको लेखा न हो कस्ले मेट्न सक्छ र !
हो त्यस्तै भएको छ निशा श्रेष्ठ जिन्दगीमा पनि ! नौ बर्षको कलिलो उमेरमै ज्यानै लिने प्राण घातक रोगको शिकार बनेकी निशा बाह्र बर्षको हुँदा सम्म आफ्नो शरिरको दुखाई सहन नसक्ने भैसकेकी थिईन् । त्यसपछि उनले कयौं बर्षसम्म आफ्नो दुखाई र रोग पत्ता लगाउन कयौं अस्पताल नधाएकी भने हाईनन् तर बिडम्बना उनको रोग यो नै हो भन्ने एकिनका साथ न त कुनै अस्पतालले पत्ता लगाउन सक्यो न त कुनै डाक्टरले ।
एकातिर रोग पत्ता नलागेको पिडा अर्कोतिर शरिरको दुखाई जसका कारण निकै विचलित बनिन् निशा। रोग कै दौरानका बिच उनको सानै उमेरमा नै बिबाह भयो र एक सन्तान पनि जन्मियो तर उनको रोग भने झन् झन् बढ्दै जान थाल्यो । तर भनिन्छ नि हरेक कुराको समय आउछ हो त्यस्तै भयो निशाको जिन्दगीमा ।
उनले बिबाह गरेको घर परिवार यति बुझ्ने र माया गर्ने पर्नु भयो कि उनि व्यक्त नै गर्न सक्दिनन् । रोगको मात्रा झन् झन् बढ्दै गएपछि र नेपालमा रोग पत्ता लगाउन नसकेपछि उनलाई उनको परिवारले भारतको दिल्लीमा रहेको एक अस्पतालमा उपचारका लागि लगे पश्चात् बल्ल उनको रोग पत्ता लाग्यो । टन्सिल हुने, ज्वरो आउने, हात खुटटा दुख्ने, कपाल झर्ने, जोर्निहरु सुनिने, थकान महसुस हुने, खाना खान नसक्ने, खटिराहरु देखापन, चिसो बढि लाग्ने, घाममा बस्न मन लाग्ने आदि लक्षण देखिने यो रोग लुपस भएको पत्ता लागे सँगै उनले नियमत रुपमा जिवनभरी औषधि सेवन गर्नुपर्ने भयो ।
रोग पत्ता लागेपछि पनि उनलाई पिडा नभएको भने होईन । सुते उठ्न नसक्ने, उठे सुत्न नसक्ने उनी कयौं समय थला परिन् । तर भनिन्छ नि शुखमा सबैले साथ दिएपनी दुखमा साक्षी भगवान हुन्छन् भनेर । हो निशाको त्यो पिडादायी जिवनमा पनि भगवान बनिन् उनकी सासु आमा ।
हुनत हाम्रो समाजमा सासु बुहारीको सम्बन्धलाई त्यत्ति नरम मानिदैन तर निशाको पारिवारिक जिवनमा भने उनकी सासु आमा सासु कम र आमा बढि भएर उनमो स्याहार सुसार र रेखदेखमा खटिईन् । जसका कारण निशा अहिले पनि सासुको नाम लिने बित्तिकै बेस्सरी भक्कानिन पुग्छिन् अनि भन्छिन्, “मेरो सासु आमाले मलाई चम्माले खुवाउनु हुन्थ्यो, म खाना खानै नसक्ने थिए । लुपस रोग सँगै भोमिट र पखाला दुवैले गर्दा म उठ्नै नसक्ने हुन्थ्ये, त्यही बेला मलाई जनाई खटिरा पनि आयो । जनाई खटिरामा कारण म झन् थलिन पुगे । शरिर भरी आएका ति खटिराले मलाई भतभत्ती पोल्ने गर्थ्यो , उक्त पिडा र पोलाई कम गर्न दिनभरी मलाई मेरी सासु आमाले हावा दिएर हम्किएर बस्नुहुन्थयो , औषधि खुवाउनुहुन्थ्यो र मेरो लागि सकेजति सबै गर्नुहुन्थ्यो त्यसैले म भगवानलाई भन्दा पहिला मेरी सासु आमालाई पुजा गर्छु निशा भन्छिन् ।”
रोग त एकातिर छदै थियो अर्कोतिर उनको पढ्ने धोको पनि उत्तिकै । सबैकुरा बुझ्ने परिवार भएपछि निशालाई बिहेपछि पढ्न र अगाडी बढ्न ठुलो हौसला मिल्यो जसका कारण उनले रोग सँग लडेर भएपनि आफ्नो पढाई पुरा गरिन् र एक सफल ईन्टेरियर डिजाईनर बन्न सफल भईन् । रोगलाई शक्तिमा बदलेर आफ्नो मनको घाउलाई लुकाएर तन लगाएर दृढ बिश्वासका साथ अगाडी बढेकी उनी अहिले एक सफल ईन्टेरियर डिजाईन र लुपस नेपाल नामक संस्थाकी उपाध्यक्ष समेत रहेकी छन् ।
आफु जस्तै लुपस रोग लागेका बिमारीहरुलाई जनचेतना जगाउने र समस्यामा परेकाहरुलाई साथ दिनको लागि सन् २००५ मा यो संस्थाको स्थापना भएको हो । अहिले यो सस्थाले लुप रोग लागेको व्यक्तिलाई परामर्स दिरहेको छ र यो सस्था अहिले नेपालमा मात्र छ । यो सस्था जनताको लागि खोलिएको हो ।



प्रतिक्रिया