काठमाडौँ । काठमाडौँको विशाल बजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सले सुनको ज्याला जर्तीमा भारी छुटको अवसर ल्याएको छ । रिद्धि सिद्धिका सञ्चालक नरेन्द्र कुमार गुप्ताले सुन बेच्दा पनि जर्ती, फिर्ता लिँदा पनि जर्ती भनेर नहुने बताउँदै आफूहरुले ग्राहकमुखी योजना ल्याएको जानकारी दिएका छन् । ।
‘पहिला हामी ७ प्रतिशत जर्ती र ५ प्रतिशत ज्याला गरेर १२ प्रतिशत लिन्थ्यौँ । सुन भन्दा बढी १२ प्रतिशत लिनु ठीक होइन भनेर हामीले ७ प्रतिशत मात्रै लिने भनेर भारी छुटका साथ अफर ल्याएका छौँ’, उनले भने, ‘ हामीले अब जर्तीको केही नलिने निर्णय लिएका छौँ ।’
पारदर्शी रूपमा ज्याला भनेर मात्रै लिनुपर्ने भन्दै उनले रिद्धि सिद्धि ज्वलर्सले असार १५ गतेसम्म ७ प्रतिशत ज्यालामा सुनका गहना दिने र त्यसपछि पनि सहुलियत दरमै उपलब्ध गराइरहने गुप्ताले बताए ।
‘जर्ती र ज्याला भनेर जुन रकम लिने गरेका थियौँ त्यो हटाएर हामीले क्रान्तिकारी कदम उठाएका छौँ । यो उपभोक्तालाई शिक्षित गर्ने प्रयास पनि हो’, उनले भने, ‘९० लाल सुन दिने १० लाल जर्ती भन्ने अनि देखावटीमा अलिअलि ज्याला लिने होइन । एक तोला सुनका गहना किन्दा ७ प्रतिशत ज्वाला तिर्नुपर्ने हो । अरू कुनै जर्तीसर्ती हुँदैन’, उनले भने। सुनको बढ्दो मूल्य र बिहेको सिजनलाई पनि मध्यनजर गरेर आफूले यस्तो योजना ल्याएको भन्दै अब सबै व्यवसायीले यसै गर्नुपर्ने धारणा राखे । आफूहरुको अफरले उपभोक्तालाई फाइदा पुग्ने उनको दाबी छ ।



प्रतिक्रिया