आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । आइतबार हिजो ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको हो ।

महासङ्घका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ थियो । आज सोही मूल्य कायम भएको महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।