काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुन तोलामा १८ सय बढेर डेढ लाखनजिक पुगेको छ ।
बुधबार प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४४ हजार निर्धारण भएको छ ।
यसैगरी चाँदीको मूल्य पनि तोलामा २५ ले बढेको छ। बुधबार एक हजार ८ सय २५ मा कारोबार भएको चाँदी आज एक हजार ८ सय ५० सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



प्रतिक्रिया