काठमाडौँ । नेपालले मंगलवार नेदरल्याण्ड्सविरुद्ध हार बेहोरेसँै आइसिसी ट्वान्टी–२० विश्वकपको यात्रा सुरु गरेको छ । अमेरिकाको टेक्सासमा नेदरल्याण्ड्सबिरुद्ध ब्याटिङपछि बलिङमा नेपाल ६ विकेटले पराजित हुन पुग्यो ।
नेपाली समर्थक ग्रान्ड पेरी रङ्गशालामा दर्शक भरिभराउ थिए । तर सन् २०१४ पछि नेपालको विश्वकपमा पुनरागमन सुखद बन्न सकेन । दोस्रो पटक विश्वकप खेलेका सोमपाल कामीले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
‘यो हारबाट दबाबमा छैनौँ । जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो । यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौँ । सुपर आठका लागि योग्य टोली हौँ भन्ने सन्देश दिन चाहन्छौँ । आज हार व्यहोर्यौं । तर आगामी तीन खेलमा राम्रो गर्नेछौं,’तीव्र गतिका बलर सोमपालले भने ।
टस जितेर पहिले फिल्डिङ गर्ने नेदरल्याण्ड्सको निर्णय सही साबित भयो । किनकि नेपालले शुरुदेखि नै खराब ब्याटिङ गर्यो । कप्तान रोहितकुमार पौडेलबाहेक तल्लो क्रमका ब्याटरले ससाना इनिङ खेलेपछि नेपालले १०७ रनको सामान्य लक्ष्य दियो । जबाफी लक्ष्य पछ्याएको डचविरुद्ध नेपालका बलरले कसिलो बलिङ गर्दै चुनौती दिए । तर सफल हुन भने सकेनन् । डच टोली पनि सहजै लक्ष्य भेट्याउन सफल भएनन् । त्यो लक्ष्य पूरा गर्न नेदरल्याण्ड्सले १८।४ ओभरमा मात्र चार विकेटको क्षतिमा पूरा गर्यो ।



प्रतिक्रिया