हेर्ने पोष्ट संवाददाता। विगत लामो समय देखि लुपस रोगको सिकार भएकी एक साहसी व्यक्ती हुन् निशा श्रेष्ठ । आफुलाई लुपस रोग लागेपनि रोग सँग लड्दै उनले हाल यहि रोगकै बारेमा जनचेतना जगाउने काम गर्छिन् । लुपस नेपालकी उपाध्यक्ष समेत रहेकी निशा श्रेष्ठ सँग लुपस रोग के हो ? यसका लक्षणहरु कस्ता कस्ता हुन्छन् ? यसको उपचार नेपालमै सम्भव छ कि छैन ? भन्ने लगाएत विविध बिषयमा कुराकानी गरेर यो अन्तवार्ता तयार पारिएको छ ।
नमस्कार, आरामै हुनुहुन्छ, आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
नमस्कार आरामै छु, र म आजभोलि लुपस नेपालमै आवद्ध छु ।
लुपस नेपालको स्थापना कसरी भयो ?
लुपस नेपालको स्थापना सुरुमा बबिता नर्स र बिजया केसिबाट सन् २००५ देखि सुरु भएको हो । बबिता नर्सलाई पनि लुपस रोग लागेको थियो तर त्यस बेला यो रोगको बारेमा थाहा थिएन । त्यसकारण उहाले धेरै दुख पाउनु भयो । २००५ पछि उहाँहरुले बिभिन्न माध्यमबाट यो रोगको प्रचार प्रसार गर्नुभयो । पछि यस संस्थामा क्रमश सृिष्टी, आस्था र अन्य व्यक्तिहरु पनि आबद्ध भए र सबैको सहमतिमा सस्थानै स्थापना गर्न बहस भयो । त्यसपछि सन् २०२० बाट या निरन्तर सञ्चालनमा आईरहेको छ ।

लुपस रोग के हो ?
लुपस रोग बिशेष गरी मानव शरिरको प्रतिस्पर्धात्मक क्षमता अप्रत्यासित रुपमा कृयासिल भइ भित्रि अङगलाई असर गर्ने रोग हो । यो रोग महिलामा बढि लाग्ने गर्दछ । यो रोग ९०५ महिलामा हुँदा जम्मा १०५ पुरुषमा मात्र देखापर्छ । यो रोग १५ बर्ष देखि ४५ बर्षको उमेर समूहलाई बढि लाग्ने गरेको छ ।
लुपस रोग के कारणले लाग्दछ ?
लुपस रोग हर्मोनको कारणले महिलामा बढि लाग्ने गर्दछ किनभने महिलाले सन्तानलाई यो ससारमा लेउछिन् यिनै कारणहरुले गर्दा यो रोग लाग्दछ ।

लुपस रोग लाग्दा कस्तो लक्षण देखापदर्छ ?
लुपस रोग लाग्दा टन्सिल हुने, ज्वरो आउने, हात खुटटा दुख्ने, कपाल झर्ने, जोर्निहरु सुनिने, थकान महसुस हुने, खाना खान नसक्ने, खटिराहरु देखापर्ने चिसो बढि लाग्ने, घाममा बस्न मन लाग्ने, इनफेक्सन हुन्छ,
नेपालको सन्दर्भमा हेर्न हो भने यो रोग पत्ता लगाउन के कस्तो समस्या परिरहेको छ ?
नयाँ रोग भएकाले थाहा नहुनु, टेस्ट गर्ने सामग्रीको राम्रो व्यवस्था नहुनु, सरकारि निकाएले ध्यान नदिनु, जस्ता समस्याहरु देखा परिरहेका छन् ।
लुपस रोग पत्ता लगाउन के गर्न सकिन्छ ?
लुपस रोगको लक्षणलाई पहिचान गर्न सक्नु पर्छ, यो रोगले बाथ रोगको जस्तो लक्षण देखाउछ त्यसैले यो कुन रोग हो भनेर छुट्याउन सक्नु पर्छ, घाममा बस्दा गाला रातो हुने, नाकको छेउछाउमा पुतलिको जस्तो धरसा अथवा टिकटिक देखा पर्ने,कपाल झर्ने, हात खुटटा दुख्ने,जोर्निहरु सुनिने, ज्वरो आउने, वाकवाक लाग्ने,बान्ता हुने आदि हुन सक्छ त्यसको लागि रगत जाँचने र डक्टरसगँ परामर्स लिने गन्ुैपर्छ ।

यो रोगको औषधि कतिको खर्चिलो छ र नेपालमा यसको औषधि उपलब्ध छ वा छैन ?
लुपस रोगलाई चिन्नको लागि गाह्रो हुने भएकाले यो रोग खर्चिलो छ, नेपालमा पनि यसको औषधि उपलब्ध छ, जनमानसमा यस्को बारेमा जनचेतना जगाउन आवस्यक छ ।
यस रोगको लागि सरकारले ध्यान दिन कत्तिको जरुरि छ ?
नेपालमा हेर्दा यहाँ जनचेतनाको कमि भएकोले मानिसहरु आफनो रोग बताउदैनन्, सरकारले हरेक क्षेत्रमा डक्टरहरुलाई खटाउनु पर्दछ । हरेक अस्पतालमा यो रोग समबन्धि चिक्तिसकलाई खटाउनु पर्छ । यो रोगका लागि चाहिने सामग्री उपलब्ध गराउनु पर्छ ।
यो रोग लागेपछि के खान हुन्छ र के खान हुदैन ?
यो रोग लागेपछि बाहिरको खाना नखाने, चिल्लो खानेकुरा नखाने, बासि नखाने, घरमा बनेको खानेकुरा मात्र खाने,बाहिरको पानीको प्रयोग नगर्ने गर्नुपर्छ ।
यो रोगको समाधान गर्न कसरि सकिन्छ ?
यो रोग दिर्घकालीन रोग हो । त्यो भन्दैमा हरेस खानु हुन्न,आत्मबल बढाउनु पर्छ, घामबाट टाढा बस्ने, भिडमा नजाने, रुघाखोकि लागेको वा जँहा जादापनि माक्सको प्रयोग गर्ने, इनफेक्सन हुने ठाउँमा नजाने, घाममा हिँड्दा टोपिको प्रयोग गर्ने, समयमा सुत्ने,टेन्सन नलिने,खानपानमा ध्यान दिने गर्नुपर्छ ।
यो रोग लागेपछि कस्तो व्यवाहर देखा पर्छ ?
यो रोग लागेपछि मर्न मन लाग्ने, हरेस खाने, आफुलाई कमजोर महसुस हुने गर्दछ ।
लुपस नेपालले हाल के गरिरहेको छ र यो संस्था कहाँ कहाँ छ ?
अहिले लुपस नेपाल सस्थाले यो रोग लागेको व्यक्तिलाई परामर्स दिरहेको छ यस सस्था नेपालमा मात्र छ । यो सस्था जनताको लागि खोलिएको हो ।



प्रतिक्रिया