काठमाडौँ । हुलाकी सडकले अधिग्रहण गरेको जग्गाको मुआब्जा नपाएको भन्दै बाराका स्थानीयले रिले अनसन सुरु गरेका छन् । पीडितहरूले मंगलबारदेखि काठमाडौँको माइतीघरमा अनिश्चितकालीन रिले अनसन सुरु गरेका हुन् ।
तामागढी–सिम्रौनगढ हुलाकी सडकले बारा–१ को जग्गा अधिग्रहण गरी मुआब्जा भने नदिएको मुआब्जा संघर्ष समितिको आरोप छ । पीडितहरूले पटक–पटक आन्दोलन र अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको समितिको भनाई छ ।
तामागढी–सिम्रौनगढ हुलाकी सडक २०७८ चैत १८ गते सम्पन्न भएको थियो । ३९।७५ किलोमिटर सडक निर्माणका क्रममा सडक विस्तारमा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो ।
प्रतिक्रिया