काठमाडौं । मंगलबार सेयर कारोबार रकमसँगै परिसूचक नेप्से बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ६।२२ अंक बढेको हो । यो वृद्धिपछि नेप्से २०८५ अंकमा अडिएको छ । अघिल्लो दिन ४ अर्बको कारोबर भएकोमा आज ४ अर्ब ८ करोडको भयो । १२५ कम्पनीको मूल्य घट्दा ११४ को बढ्यो भने ८ को स्थिर रह्यो ।
व्यापार समूह सबैभन्दा धेरै २।७ प्रतिशत ९७९ अंक० बढ्यो । यस समूहमा जम्मा २ कम्पनी साल्ट ट्रेडिङ र विशाल बजार छन् । विशाल बजार कम्पनीको मूल्य स्थिर रहेर साल्ट ट्रेडिङको मूल्य ३ प्रतिशत बढेपछि समग्र समूह बढेको हो ।
बैंकिङ १, विकास बैंक २३, फाइनान्स ६, होटल तथा पर्यटन ५, जीवन बीमा ४८, उत्पादन ५२, माइक्रोफाइनान्स ६६ र निर्जीवन बीमा ५९ अंक बढे । अन्य ३ र हाइड्रोपावर समूह १५ अंक घटे ।
ग्लोबल आईएमई लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको ८।२, माहुली लघुवित्तको ७।८, हिमालयन लघुवित्तको ७।८ तथा माथिल्लो मैलुङखोलाको मूल्य ७ प्रतिशत बढ्यो ।
बुद्धभूमि हाइड्रोपावरको ५।५ प्रतिशत घट्यो । इस्टर्न हाइड्रोपावरको ४।६८, गणपति लघुवित्तको ४।५, अपर लोहोरेखोलाको ३।८ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड अजोड इन्स्योरेन्स र ग्लोबल आईएमई लघुवित्त क्रमश अगाडि रहे ।



प्रतिक्रिया