मन्त्रालय छोडेर पत्रकारिता तिर लागेकी हुन् त शिक्षामन्त्री सुमना !

मन्त्रालय छोडेर पत्रकारिता तिर लागेकी हुन् त शिक्षामन्त्री सुमना !


हेर्ने पोष्ट संवाददाता । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले यतिबेला एउटा कार्यक्रम चलाउन थालेकी छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीहरुका लागि -करियरका कुरा: कक्षादेखि लक्ष्यसम्म भन्ने नाराका साथ सुरु गरेको उक्त कार्यक्रम मन्त्री श्रेष्ठ आफैंले चलाईरहेकी छन् । यो कार्यक्रम अहिलेसम्म युटुबमा तीन भाग प्रशारण भैसकेको छ ।

पढेर जीवनमा के बन्ने’ भन्ने विषय निकै नै जटिल छ। घरपरिवार, विद्यालय, शिक्षक, समुदाय र अब त समग्र राष्ट्र समेत यसमा गहिरिएर लाग्नु पर्ने समय आइसकेको छ। त्यसो भए सोच्ने कसरी ? प्रेरणा लिने कोबाट ? आदि जस्ता बिषयमा तयार गरिएको सो कार्यक्रममा जिवनमा केहि न केहि सिप हासिल गरेका प्रेरणादायी व्यक्तीहरु सँग शिक्षा मन्त्रीले अन्तर्वाता गरेको हामीले देख्न र सुन्न सक्छौं ।

उनले सुरु गरेको उक्त कार्यक्रमको यतिबेला व्यापक चर्चा भैरहेको छ । कतिले यसलाई राम्रो भनेका छन् भने कतिले मन्त्री भएर मन्त्रालय छोडेर पत्रकारिता गर्न लागेको भन्दै विरोध गरेका छन् । कयौंले नकारात्मक टिप्पणी गर्दै अब शिक्षामन्त्रीको काम छैन भन्दै निराश हुन थालेका छन् ।

हुनत उनि निकै बौद्धिक व्यक्तित्व हुन् । उनी बेसुरमा तर्क गर्दिनन् तर शिक्षामन्त्री भएको महिनौं बितिसक्दा पनि कुनै नयाँ कुरा शिक्षा क्षेत्रमा आएको वा लागू भएको भने देखिदैन । उनले शिक्षा क्षेत्रबाट राजनिति हटाउनुपर्छ भनेर चालेको कदमको सबैले स्याबासी गरेपनि अहिले आएर उनले शिक्षा क्षेत्रमा काम कम र मिडिया ज्यादा चलाउन थालेपछि कयौंले उनको विरोध गर्न थालेका हुन् ।

शिक्षा मन्त्री हुनुभन्दा अघि संसद्को शिक्षा, स्वास्थ्य, सञ्चार समिति सदस्य रहेकी उनले संसदमा विभिन्न विषयमा जवाफदेहीता खोज्दै जोडदार तर्क र प्रमाणहरू पेश गर्ने गरेकी थिईन् र उनको निकै प्रशंसा पनि हुने गरेको थियो । त्यसैले उनीबाट जनताले निकै आशा गरेको र अहिले आएर उनले पत्रकारीता गर्न थालेर कार्यक्रममै अल्झिएको भन्दै व्यापक आलोचना भएको हो ।

हुनत काम गरेपछि ताली र गाली आउनु स्वभाविक नै हो तर शिक्षा मन्त्री श्रेष्ठले अहिले सुरु गरेको कार्यक्रमले शिक्षा क्षेत्रमा के र कस्तो परिवर्तन ल्याउछ त्यो भने हेर्न बाँकी नै छ ।