सुनकोशी गाउँपालिका उप-प्रमुख सुनिता अधिकारी सम्मानित

सुनकोशी गाउँपालिका उप-प्रमुख सुनिता अधिकारी सम्मानित

संगिता अधिकारी

ओखलढुङगा सुनकोशी गाउँपालिका उप-प्रमुख सुनिता अधिकारी सम्मानित हुनुभएको छ । अधिकारीलाई सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वन दिवसको अवसर पारेर आयोजनामा सम्मान गरेको हो ।

विगतमा सामुदायिक वन संरक्षण अभियानमा सहभागी भैइ महत्त्वपूर्ण भुमिका खेलेको भन्दै सम्मान गरिएको हो । देशभरका १ सय जनप्रतिनिधिमध्ये कार्यक्रममा सहभागी भएका ६० जना प्रतिनिधिलाई पूर्वप्रधानमन्त्री ओलीले सम्मानपत्र प्रदान गरेका थिए ।

प्राकृतिक स्रोतको अधिकार, संरक्षण, व्यवस्थापन र सामुदायिक वनका अभ्यासहरूलाई सञ्चारमार्फत उजागर गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विभिनविभिन्न  टेलिभजनका पत्रकार लाई पनि सम्मान गरिएको थियो ।