काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कसैको दबाबमा करका दर हेरफेर नगरेको बताएका छन् ।
बुधबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले तथ्य केलाएर करका दर हेरफेर गरिएको बताएका हुन् ।
‘करका दर हेरफेर गर्दा हामीले तथ्य केलाएर गरेका छौँ । कसैको दबाबमा दर हेरफेर गरेका छैनौँ,’ उनले भने । आगामी आर्थिक वर्षको बजेट सन्तुलित आएकोसमेत उनको दाबी छ ।
‘बजेट सन्तुलित आएको छ । शिथिल अर्थतन्त्रलाई सुधार गर्ने गरी बजेट ल्याएका छौँ,’ उनले भने, ‘व्यवसायी, उद्यमीहरूमा आशा जगाउने प्रयत्न गरेका छौँ ।’ अर्थतन्त्रमा देखिएका समस्या सुधार गर्नुपर्ने बताउँदै उनले ‘युवाहरूमा देखिएका समग्र अर्थतन्त्र सुधारमा जोड दिनुपर्ने बताए ।
‘सधैँ अरुलाई दोष दिएर मात्र हुँदैन । अब नयाँ चरणको अर्थतन्त्र सुरु गर्नुपर्छ । त्यसका लागि हामी उच्चस्तरीय आयोग गठन गर्ने तयारीमा छौँ,’ उनले भने ।



प्रतिक्रिया