खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा एक अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन

खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा एक अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा एक अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणका क्रममा सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

उनले आगामी आर्थिक वर्षमा राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता हुने र बाघचाल, डन्डिबियो र घोडचढी जस्ता परम्परागत खेललाई प्रवर्द्धन गरिने बताए ।

काठमाडौंको मूलपानी र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गरिने पनि उनले उल्लेख गरे ।