काठमाडौं । नेपाललाई विवाह गन्तव्य बनाउने सरकारले घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पर्यटन विकासमा यसले मूख्य भूमिका खेल्ने जनाएका छन्। उनले जनकपुरलाई वेडिङ हव र लुम्बीनीलाई बर्थिङ हब बनाउने बताएका हुन्।
राजर्षी जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हरेक मार्ग शुक्लपक्ष पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी मेला लाग्छ। आश्विन पूर्णिमाका दिन अयोध्याका नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री रामजानकीको शुभविवाह भएको प्रसङ्ग प्राचीन ग्रन्थहरुमा पाइन्छ।



प्रतिक्रिया