आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान

आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान


सरकारले आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेका हुन् ।

अर्थमन्त्री पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको बताए । अर्थमन्त्री पुनले शिथिल रहेको मुलुकको अर्थतन्त्र सरकारको प्रयासमा चलायमान हुँदै गएको दाबी गरे ।