आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा

आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा


काठमाडौं ।  सरकारले आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको बताएका हुन् ।

अर्थमन्त्री पुनले शिथिल रहेको मुलुकको अर्थतन्त्र सरकारको प्रयासमा चलायमान हुँदै गएको दाबी गरेका छन् ।