सिंहदरबारमा बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक सुचारू

सिंहदरबारमा बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक सुचारू


काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍् कार्यालय सिंहदरबारमा बैठक सुरू भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ । बिहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको थियो। तर, बैठक आधा घण्टा ढिलो सुरू भएको हो।

बैठकमा आर्थिक वर्ष २०८१र०८२ को बजेट स्वीकृत गर्ने कार्यसूची रहेको जनाइएको छ।

आज दिउँसो ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन्। बजेट संसदमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।