अमेरिकी दूतावासले भीसा नदिएपछि सन्दीप भन्छ्न – आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु ।

अमेरिकी दूतावासले भीसा नदिएपछि सन्दीप भन्छ्न – आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु ।


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा लामिछानेले टी २० विश्वकप खेल्ने नेपालको सपना पूरा भएकोमा खुसी व्यक्त गरेका हुन् ।

अमेरिका र वेष्ट इन्डिजमा हुन केही दिनमा सुरु हुन लागेको टी २० क्रिकेट विश्कप खेल्न जाने आफ्ना सपना पूरा नभएपछि लामिछानेले यस्तो उल्लेख गरेका हुन् ।
मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

अमेरिकामा खेल खेल्न जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दूतावासले भीसा नदिएपछि उनी खेल्न जान पाएका छैनन् ।