महिला शिक्षकको संख्यामा ७ प्रतिशतले वृद्धि

महिला शिक्षकको संख्यामा ७ प्रतिशतले वृद्धि


काठमाडौं । पछिल्लो समय नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८० /०८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औंल्याएको हो ।

शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा ९१, ५० मा महिला शिक्षकको संख्या ५४.१ प्रतिशत पुगेको छ । शैक्षिक सत्र ०७९ मा यो संख्या ४७.२ प्रतिशत थियो ।

एक वर्षको अवधिमा महिला शिक्षकको संख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ । यद्यपि माध्यामिक तह कक्षा (९ १२) मा भने महिला शिक्षकको संख्या कम छ । सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्यांकले देखाएको छ ।