मापदण्डमै रहेर ल्यावहरु सञ्चालन हुनुपर्छ : स्वास्थ्य राज्यमन्त्री केसी

मापदण्डमै रहेर ल्यावहरु सञ्चालन हुनुपर्छ : स्वास्थ्य राज्यमन्त्री केसी

संगिता अधिकारी

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले किर्तीपुरस्थित आर्युवेद अनुसन्धान केन्द्र र महाराजगञ्जस्थित नेसनल प्याथ ल्यावको निरीक्षण गरेका छन् । शुक्रवार स्वास्थ्य राज्यमन्त्री केसीले दुवैको ल्याव अनुगमन गरेका हुन् । आर्युवेद अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा स्वास्थ्य राज्य मन्त्री केसीले अनुसन्धान केन्द्रको वृह्त विकासका लागि आफू संवेदनशिल भएको बताए ।


उनले नेपालमा पाइने जडीवुटीबारे अध्ययन, त्यसको प्रशोधन र अनुसन्धानबारे केन्द्रले काम गर्दै आएको भन्दै प्रशंसा गरे । मन्त्री केसीले भने, अनुसन्धानका लागि पर्याप्त बजेट नछुट्याएको विषय प्रति सजग छौं । धेरै जसो कर्मचारीहरु करारमा हुनुहुँदो रहेछ । यस विषयलाई मैले गम्भिर रुपमा लिएको छुँ ।’ उनले नेपालमा उत्पादन भएका करोडौं रुपैयाँका जडीबुटी विदेश देश निर्यात भइरहेको भन्दै उत्पादन भएका जडीबुटीको अध्ययन अनुसन्धान हुन जरुरी रहेको बताए । हाल केन्द्रमा एक जना ११ औं तहका कर्मचारी मात्रै स्थायी दरबन्दीमा कार्यरत छन् । अन्य सबै कर्मचारीहरु करारमा काम गर्दै आएका छन् ।

यस्तै, नेसनल प्याथ ल्यावको अनुगमनका क्रममा स्वास्थ्य राज्य मन्त्री केसीले मापदण्ड नपुगेको ल्यावले सेवा दिँदा गुणस्तरीयता र स्वास्थ्य संवेदनशिलतामा प्रश्न उठ्ने बताए । उनले भने, ‘अहिलेपनि केहि प्रयोगशालाहरु मापदण्डभित्र नरहेको पाइएको छ । मापदण्डमा रहि प्रकृयाभित्र रहेर सञ्चालनमा ल्याउन आग्रह गर्छो । नत्र भने कारबाहि गर्नुको विकल्प छैन ।’ सरकारी अस्पतालहरुले परीक्षणका नाममा निजी प्रयोगशालामा पठाउने जनगुनासो आएको भन्दै यसको नियमन आवश्यक रहेको बताए । स्वास्थ्य प्रयोगशाला स्थापना सञ्चालन मापदण्ड सम्बन्धी निर्देशीका २०७३ जारी भएको छ । अनुगमनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झाको पनि उपस्थित रहेको थियो ।