भक्तपुरको सूर्यविनायकमा नवनिर्मित ‘उर्गेन साङ्गे छ्योलिङ गुम्बा’को भव्य उद्घाटन

भक्तपुरको सूर्यविनायकमा नवनिर्मित ‘उर्गेन साङ्गे छ्योलिङ गुम्बा’को भव्य उद्घाटन

संगिता अधिकारी

भक्तपुर, भक्तपुरको सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार हाइटमा नवनिर्मित ‘उर्गेन साङ्गे छ्योलिङ गुम्बा’को एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। २५७० औं बुद्ध जयन्ती अर्थात् शान्तिका अग्रदूत गौतम बुद्धको जन्मदिनको पावन अवसर पारेर ‘ह्याङ्ला आदिवासी तामाङ समाज’ले उक्त गुम्बाको उद्घाटन कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा समाजका पदाधिकारीहरू, स्थानीय समुदाय र बौद्ध धर्मावलम्बीहरूको बाक्लो उपस्थिति रहेको थियो। नवनिर्मित यस गुम्बाले स्थानीय तामाङ समुदायका लागि धार्मिक पूजाआजा, सांस्कृतिक संरक्षण र आध्यात्मिक केन्द्रका रूपमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सुर्यविनायक नगरपालिका का प्रमुख बासुदेव थापाले कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न जातजाति धर्म, सस्कृतिको जगेर्ना गर्नु आफ्नो मुल मन्त्र रहेको बताउनुभयो । सबै धर्मलाई सम्मान दृष्टिकोण ले हेर्नुनै महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ‘उर्गेन साङ्गे छ्योलिङ गुम्बा’ निर्माण का लागि सुर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले एक करोड ५० लाख सहयोग दिनुभएको बताउनुभयो ।

नगरप्रमुख थापाले जनताको करको पुर्ण सम्मान गर्दै आफुले सबै क्षेत्र को समान रुपले बिकास गर्दै लगेको बताउनुभयो । उहाले आफ्नो कार्यकालभरी सबै बिकास निर्माण का काम गरिसक्ने र गरिरहेको बताउनुभयो ।

‘उर्गेन साङ्गे छ्योलिङ गुम्बा’को गुम्बा निर्माण का लागि जम्मा ६ करोड रुपैयामा यो भवन सम्पन्न भएको हो ।२०७६ मङसिर बाट काम सुरु भैइ अहिले निर्माण कार्य सम्पन्न भएको गुम्बाका अध्यक्ष लोप्सन लामा ले जानकारी दिनुभयो ।

बुद्ध जयन्तीको विशेष दिन पारेर गरिएको यो उद्घाटन कार्यक्रमले स्थानीय स्तरमा सामाजिक सद्भाव र सांस्कृतिक जागरणको सन्देश प्रवाह गरेको छ। कार्यक्रममा धर्मगुरुहरूका साथै स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो।