काठमाडौं । टेस्टट्युब बेबी विशेषज्ञ,वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन तथा बाँझोपन विज्ञ, डा. नूतन शर्माले अब बी एण्ड बी हस्पिटलमा चिकित्सकको रूपमा सेवा सुरू गर्ने भएकी छिन्।
नर्भिक अस्पतालसँगको सहकार्य तोडिए सँगै डा. शर्माले केही नयाँ र विश्वस्तरीय सेवा तथा प्रविधिलाई भित्र्याएर बि एण्ड बी अस्पतालमा आगामी आइतबारदेखि चिकित्सकको रूपमा सेवा सुरू गर्ने तयारी गरेकी हुन्।
बि एण्ड बी अस्पतालमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म डा. शर्माले सेवा दिनेछिन्।
नर्भिक छाडेर आफू बी एण्ड बी हस्पिटलमा आबद्ध भएको पुष्टि गर्दै डा। शर्माले देशमै पहिलोपटक रोबोटिक ल्याप्रोस्कोपिक सर्जरी सेवा सुरू गर्न लागिएको समेत बताएकी छिन्।
‘बी एण्ड बी गाइनेक ल्याप्रोस्कोपिक रोबोटिक सर्जरी सेवा सुरू गर्ने नेपालकै पहिलो अस्पताल बन्नेछ,’ डा. शर्माले भनिन्, ‘केही समयपछि हामीले बी एण्ड बीमै वर्ल्ड क्लासको एड्भान्स र अत्याधुनिक आइभिएफ सेन्टर समेत सञ्चालन गर्नेछौं। त्यसको पूर्व तयारी समेत थालिसकिएको छ।’
नवचिकित्सकहरूका लागि विश्वस्तरीय आइभिएफ ट्रेनिङ इन्स्टिच्युट समेत सञ्चालन गरिने डा। शर्माले जानकारी दिइन्।
‘त्यस्तो इन्स्टिच्युटमा युवा चिकित्सक, प्यारामेडिक्स र मेडिक्सहरुलाई बेसिक र एड्भान्स ट्रेनिङ दिइनेछ,’ डा. शर्माले भनिन्।



प्रतिक्रिया