आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोकार ?

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोकार ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा १८ सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ४० हजार ५ सयमा कारोबार भएकामा आजका लागि एक लाख ३८ हजार ७ सय निर्धारण गरिएको छ ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ६५ छ ।