सन्दीप लामिछानेले टी-२० विश्वकप खेल्न नपाउने, अमेरिकी दूतावासले भिसा दिएन

सन्दीप लामिछानेले टी-२० विश्वकप खेल्न नपाउने, अमेरिकी दूतावासले भिसा दिएन


काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुन नपाउने भएका छन् । लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।

सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

सन् २०१९ मा पनि अमेरिकी दूतावासले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका सन्दीपलाई सुरुमा भिसा दिएको थिएन । आलोचना भएपछि दूतावासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको थियो ।