लुपस के हो ? यो रोग किन महिलाहरुलाई बढि लाग्छ ?

लुपस के हो ? यो रोग किन महिलाहरुलाई बढि लाग्छ ?


लुपस के हो ?

सिस्टेमीकलुपस इरिमेटोसस (लुपस) विशेषगरी महिलाहरूमा तर पर तथानाम रहिरहने एक रोग हो । लुपस शरिरको रोग बिरुद्ध लडने प्रतिरोधात्मकशक्ति  सँग सम्बन्धित छ । लुपस भएका विरामीमा रोग प्रतिरोधात्मक प्रणाली अत्याधीक मात्रामा क्रियाशिल गई शरिरका विभिन्न अंगमा सुजन गराएर लुपसका लक्षणहरु देखाउछन् । लुपस एक स्वतः प्रतिरक्षा रोग हो जसले शरीरको कुनै पनि भागलाई क्षति पुन्यउन सक्छ । जो कोहीलाई पनि लुपस रोगको पहिचान गर्न सकिन्छ र यो रोग भएका मध्ये ९० प्रतिशत महिलाहरूमा भएको पाइन्छ । लुपसका लक्षणहरू हल्का देखि ज्यान जोखिममा पर्ने सम्मको हुन सक्छन् र यसको उपचार चिकित्सकद्वारा गराउनु पर्दछ । रङ्ग भएका महिलाहरूमा (गहुँ गोरो वा गाढा) लुपस रोगको पहिचान हुने सम्भावना २/३ गुणा बढी हुन्छ र बढी खराब लक्षणहरू हुन्छन् । औसतमा लुपस भएका व्यक्तिहरूलाई निको हुन लगभग ६ वर्ष जति समय लाग्दछ ।

लुपस कसरी हुन्छ ?
लुपस के कारणले र कसरी हुन्छ भन्ने विषय अज्ञात रहेतापनी वंशाणुगत, महिलाहरुमाहुन सक्ने हर्मोन, भाइरस लगायतका केहि संक्रमण यस रोगको कारण मान्न सकिन्छ । साथै घामको किरण, परिवार नियोजनको चक्की, चिसो मौसम, विभिन्नकिसिमका संक्रमण र शारिरिक तथा मानसिक तनावले रागलाई उत्तेजित गराउन सक्दछ ।

लुपसलाई कसरि चिन्ने ?
लुपसले शरिरका विभिन्न अंगहरुमा असर पुरयाउने हुनाले यस रोगका लक्षणहरु पनि फरक फरक हुने गर्दछन् । विरामी पिच्छे लक्षणहरु फरक हुने मात्रनभईयी लक्षणहरु धेरै अरु रोगहरु सँग पनी मिल्न सक्ने हुनाले रोगको पहिचानमा कठिनाइ पर्न सक्दछ ।

लुपसमा देखिने मुख्य लक्षणहरु

जोर्नी तथा मांशपेसी दुख्ने, विहान उठ्दा अररो हुने, थकानको महसुस हुने, मन्दज्वरो आउने, घाममा हिड्दा अनुहार रातो हुने, अत्याधिक कपाल झर्ने, छालामा विभिन्न घाउ, खटिरा आइरहने, नाक मुख भित्र घाउ आउने, रगतको कमी हुने, चिसो पानी हुँदा औलाहरु कमैसाग सेतो निलो र रातो हुने, गर्भपतनको जोखिम बढ्ने, धेरैजसो लुपसका विमारीहरुमा रोगको प्रकृति मन्द देखिदा जीवनयापन सामान्य हुने तर कतिपय अवस्थामा मृगौला, मुटु, फोक्सो, मस्तिष्क तथा स्नायुका नसाहरुमा सृजना भई ज्यानै जोखिममा पनि पर्न सक्छ । कतिपय विरामीमा लुपस लामो समयसम्म हराएर पनि पुन :बल्झिन सक्दछ । समयको अन्तरालसँगै घट-बढ भइरहने सम्भावना रहन्छ ।

लुपसले कसलाई असर गर्दछ ?
लुपसले जुनसुकै उमेरका महिला र पुरुषलाई असर गर्न सक्ने भएता पनि लुपसका लगभग ९० प्रतिशत विरामीहरु १५ देखि ४५ वर्षका महिलाहरु पाइएको छ । लुपसको कुनै पनि दुई प्रकारका केसहरू ठ्याक्कै समान हुदैनन् । यसका लक्षणहरु अचानक देखिने वा बिस्तारै विकास हुन सक्ने, हल्का वा गम्भीर हुन सक्ने, र अस्थायी वा स्थायी रुपका हुन सक्ने हुन्छन् । सामान्यता लुपस भएका अधिकांश मानिसहरूलाई फ्लेयर एपिसोडहरु (रोग बढ्ने) हुन्छ, जसमा लुपसका लक्षणहरू केही समयलाई अत्याधिक विग्रिदै जान्छ, र त्यसपछि, सुधार हुँदै जाने वा केही समयको लागि पूर्ण रूपमा गायव नै हुने गर्छन । तपाईंले अनुभव गर्नुहुने लुपसका लक्षणहरू, उक्त रोगले शरीरका कुन प्रणालीहरूलाई प्रभावित गरेको भन्ने कुराले निर्धारण गर्दछ । सबैभन्दा सामान्य लक्षणहरू समावेश गर्नुपर्दा कपाल झर्ने, ज्वरो, माइग्रेन, अनिन्द्रा, जोर्नी दुख्ने, आँखा सुख्खा हुने, सूजन, दुखाइ, थकान, दागहरू, अल्सर, तौल परिवर्तन, प्रकाश संवेदनशीलता, नैराश्यता (डिप्रेसन), मानशिक समस्या आदि रहेका छन् ।

लुपसका तथ्य
विश्वभरमा ५० लाख मानिसहरुमा लुपस छ । लुपस भएका १० वयस्कहरू मध्ये ९ महिलाहरु छन ।लुपस भएका बिरामी मध्ये ३ मा १ जनालाई स्वतः प्रतिरक्षा रोगबाट ग्रस्त हुन्छन। अधिकांश मानिसहरूलाई १५ देखि ४४ वर्षको उमेरमा यो रोग लाग्दछ ।

लुपसको उपचार 
लुपस पुर्णतया निको नहुने रोग भएता पनि समयमानै लक्षणको पहिचान गरि औषधोपचारबाट यसलाई नियन्त्रणमा राख्न सकिन्छ तर रोग बल्झिने सम्भावना सधै रहिरहने हुँदा सदैब सचेत रहनु पर्दछ । यसको लागि रोगिहरुलाई पनि यस रोगको बारेमा पुर्ण जानकारी हुन अत्यन्त जरुरि छ ।