डीपी अर्यालले दिए सभामुखमा उम्मेदवारी

डीपी अर्यालले दिए सभामुखमा उम्मेदवारी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका सांसद डीपी अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन्।

आज उनले सभामुखमा उम्मेदवारी दिएका हुन्।

अर्यालको प्रस्तवकमा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक मन्त्री सुनिल लम्साल छन्।

रास्वपा संसदीय दलको बिहीबारको बैठकमा सभापति लामिछानेले सभामुख पदमा अर्यालको नाम प्रस्ताव गरेका थिए भने सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो।

सभामुख पदका लागि चैत २२ गते निर्वाचन हुनेछ।

अर्याल गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका थिए।