काठमाडौं । जङ्गी अड्डामा आयोजित दुईदिने “केन्द्रीय तहको प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक–२०८२” सम्पन्न भएको छ। बिहीबार बैठकको समापन प्रधानसेनापति महारथी अशोकराज सिग्देलले गरे ।

नेपाली सेनाका विभिन्न फर्मेशन तथा युनिटहरूको संस्कृति, परम्परा, रीतिरिवाज र अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूको सहभागितामा आयोजित बैठकमा कार्यसम्पादनका क्रममा देखिएका नीतिगत, व्यवहारिक तथा कल्याणकारी चुनौतीबारे विस्तृत छलफल गरिएको थियो। साथै सुधारका लागि आवश्यक सुझावहरू प्रस्तुत गरिएको जनाइएको छ।

उक्त बैठकको उद्घाटन २०८२ साल चैत्र १९ गते बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले गरेका थिए समापन कार्यक्रममा रथी र अधिकृतहरूका साथै करिब ९० जना प्रमुख सुबेदार र ज्येष्ठ सुबेदारहरूको उपस्थिति थियो ।



प्रतिक्रिया