काठमाडौँ । लोकसेवा आयोगको वेबसाइटमा समस्या देखिएको छ । उक्त वेबसाइटमा समस्या देखिँदा परीक्षार्थीहरूले हैरानी बेहोर्नू परेको छ । मंगलबारदेखि वेबसाइटबाट एडमिट कार्ड निकाल्न नमिलेपछि परीक्षार्थीहरूले हैरानी बेहोर्नू परेको हो ।
आज दिउसो १ बजेदेखि कृषि समूह पाचौं संघको परीक्षा रहे पनि एडमिट कार्ड झिक्न नमिल्दा विद्यार्थीहरू अन्योलमा परेका हुन् । आयोगको कार्यालयमा गुनासो गर्दा पनि समस्या समाधानतर्फ कुनै पहल नभएको विद्यार्थीहरूको आरोप छ ।
यस विषयमा आयोगकी प्रवक्ता गीताकुमारी होमागाईले समस्या देखिएमा समाधानको पहल गर्ने बताइन् । यस्ता समस्या बेलाबेलामा देखिने गरेको छ । आज पनि समस्या देखिएको हुन सक्छ, हामी हेर्छौु उनले भनिन्



प्रतिक्रिया