लगातार बढिरहेको सुनको मूल्य आज ह्वात्तै घट्यो

लगातार बढिरहेको सुनको मूल्य आज ह्वात्तै घट्यो


काठमाडौँ । लगातार बढिरहेको सुनको मूल्य आज तोलामा १ हजार २०० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले हिजो सोमबारको तुलनामा आज सुनको मूल्य ह्वात्तै घटेको जानकारी दिएको हो ।

महासङ्घका अनुसार हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ थियो । जुन, आज घटेर १ लाख ४० हजार ६०० रुपैयाँ कायम भएको हो ।

यस्तै हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १०० थियो भने आज तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँ छ ।

यसबाहेक आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ । हिजो १९ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य आज १८ सय ८५ रुपैयाँ कायम छ ।