सेयर बजार उकालो लाग्ने क्रम जारी, कारोबार रकम ५ अर्ब ८५ करोड भन्दा माथि

सेयर बजार उकालो लाग्ने क्रम जारी, कारोबार रकम ५ अर्ब ८५ करोड भन्दा माथि


काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयर बजारमा हरियाली छाएको छ । कारोबारको पहिलो दिन भारी अंकले बढेर बन्द भएको सेयर बजार सोमबार पुन बढेर हरियाली भएको छ ।

सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २७ दशमलव ५४ अंकले बढेर २००९२ विन्दुमा पुगेको छ । ३ सय १५ कम्पनीका ८० हजार ९ सय ८२ पटकको कारोबारमा १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २ सय १२ रुपैयाँ रहेको छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ३१ अंकले बढेर ३७४ दशमलव ०७ को विन्दुमा पुगेको छ ।

आज माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरको रहेको छ । १३ उपसमूहमध्ये ८ वटाको परिसूचक घटेको छ भने ५ वटाको परिसूचक बढेको छ ।

सर्वाधिक कमाउनेमा बैंकिङ सबइन्डेक्स रहेको छ, जसले ४ दशमलव १८ प्रतिशतले आफ्नो सेयर बढाउन सफल भएको छ भने सर्वाधिक गुमाउनेमा लाइफ इन्सुरेन्स रहेको छ । जसले आज ० दशमलव ०८ प्रतिशतका दरले गुमाएको छ ।