ग्लोबल आईएमई ब्यांंक र सिमेक्स इंकबीच कर्जा प्रवाहबारे समझदारी

ग्लोबल आईएमई ब्यांंक र सिमेक्स इंकबीच कर्जा प्रवाहबारे समझदारी


काठमाडौं । ग्लोबल आईएमई ब्यांंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी भएको छ।

अब ब्यांकले सिमेक्स इंक प्रालि तथा कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने बीवाईडी ब्रान्डका विद्युतीय सवारीसाधन खरीद गर्ने नेपाली नागरिकलाई कर्जा उपलब्ध गराउनेछ। आवश्यक कागजात तथा विवरण सहित ब्यांकको शाखा कार्यालयमा निवेदन दिएको तीन कार्यदिनभित्र सहज रूपमा सवारीसाधन कर्जा प्रवाह गरिने ब्यांकले जनाएको छ।

समझदारीपत्रमा ब्यांंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रालिका तर्फबाट सेल्स तथा शोरूम म्यानेजर सन्‍ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन्। ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न ब्यांंकले व्यक्तिगत प्रयोजनका सवारीसाधन खरीद गर्न न्यूनतम ब्याजदरमा कर्जा दिंदै आएको छ।