काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ८६ अर्ब निक्षेप संकलन रहेको छ। राष्ट्र बैंकको जेठ १ गतेको तथ्यांकले वाणिज्य बैंकहरुबाट ५४ खर्ब ६८ अर्ब निक्षेप संकलन भएको देखाएको हो।
बैंकको तथ्यांकअनुसार गत मंबारसम्ममा कुल कर्जा प्रवाह ५१ खर्ब १० अर्ब भएको छ ।
बैंकको तथ्यांकले वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाहमा पनि केही गिरावट आएको उल्लेख गरेको छ। पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकले ४५ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेका छन्। सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात ९सिडी रेसियो० ८०।३५ कायम भएको छ।
त्यस्तै, बैंकको तथ्यांकले अन्तर बैंक ब्याजदरमा केही वृद्धि भएको उल्लेख गरेको छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर २।८९ प्रतिशत रहेको देखाएको छ। बैशाख ३१ गते भने अन्तरबैंक ब्याजदर २।७८ रहेको थियो ।



प्रतिक्रिया