काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
तेजाबी सुनको भाउ पनि ७ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।चाँदीको भाउ ५ रुपैयाँ प्रतितोलाका दरले घटेको छ ।
यस दिन चाँदी तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।



प्रतिक्रिया