देउवाका ज्योतिषले सन्दीपको बारेमा गरेको भविष्यवाणी मिल्यो : वक्रदृष्टि ग्रहयोग सन्दीपका लागि सञ्जीवनी बुटी

देउवाका ज्योतिषले सन्दीपको बारेमा गरेको भविष्यवाणी मिल्यो : वक्रदृष्टि ग्रहयोग सन्दीपका लागि सञ्जीवनी बुटी


काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई निर्दोष ठहर गरेको हो ।

यता सन्दीपे निर्दोष सावित भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा ज्योतिषका रुपमा चर्चित रहेका ज्योतिषी सुरेश चन्द्र रिजालले फेसबुकमा हालेको स्टाटस साच्चै सहि साबित भएको छ ।

हिजो उच्च अदालत पाटनमा सन्दिपको मुद्दामा फैसलाका लागि बहस चलिरहदा सामाजिक सञ्जालमा उनले लेखेका थिए,‘ जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले आठ वर्ष कैद सजाय तोकेको समय नै खण्डित वक्रदृष्टि ग्रहयोगमा परेकाले जिल्ला अदालतको फैसला छिट्टै उल्टने ग्रहयोग परेको छ ।

जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले आठ वर्ष कैद सजाय तोकेको समय नै खण्डित वक्रदृष्टि ग्रहयोगमा परेकाले जिल्ला अदालतको फैसला छिट्टै उल्टने ग्रहयोग परेको उनले बताएका थिए ।  तर उनले सामाजिक सञ्जालमा लेखे जस्तो फैसला हिजो भने आउन सकेको थिएन र उनले व्यापक गाली पनि खानु र धम्कीपूर्ण दबाब सहनु परेको बताएका थिए ।

गालीहरुको सामना गर्नुपरेपछि उनले सामाजिक सञ्जालमा फेरि अर्को स्टाटस लेखेका थिए । उनले लेखेका थिए । ‘क्रिकेटर सन्दीप लामिछानेको फैसला उल्टिने वक्रदृष्टि ग्रहयोग परेको छ भनेर भविष्यवाणी गरेकै कारण मंगलबार फैसला हेर्दाहेर्दैमा राखिएपछि उनका विपक्षी हरुले फोन तथा सामाजिक सञ्जालबाट निक्कै धम्कीपूर्ण दबाब दिइरहेकाछन् ।सत्यको जित अवश्य हुन्छ ।।

तर जे जे भएपनि ज्योतिषी सुरेश चन्द्र रिजालले गरेको भविष्यवाण साच्चै सहि सावित भएको छ भने उनले भने झैं वक्रदृष्टि ग्रहयोग सन्दीपका लागि सञ्जीवनी बुटी सावित भएको छ ।

हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको छ ।

सन्दीप निर्दोष ठहरिए पछि ज्योतिषी सुरेश चन्द्र रिजालले सामाजिक संजालबाटै उनलाई बधाई दिँदै भनेका छन् । ‘निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो वक्रदृष्टि ग्रहयोग सन्दीपका लागि सञ्जीवनी बुटी बन्न सफल ।।’

ज्योतिजी रिजाल कांग्रेस सभापति शेरबहादुर देउवा ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेर चर्चामा आएका थिए ।