आज नेप्से परिसूचक ९.५४ अंकले घट्यो

आज नेप्से परिसूचक ९.५४ अंकले घट्यो


काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.५४ अंकले घटेको छ। बुधबार परिसूचक ०.४७ प्रतिशतले घटेर २०१७.९७ को बिन्दुमा कायम भएको हो।

आज ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर ५५ हजार ८६२ पटक खरिदबिक्री हुँदा तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ बराबरको कारोबार भएको छ।

उत्पादन तथा प्रशोधन समूह १.४०, म्युचुअल फन्ड १.१७ र व्यापार समूह १.१६ प्रतिशतले बढेको छ भने अरु सबै समूहका उपसूचक घटेको छ। सबैभन्दा धेरै घट्नेमा भने जलविद्युत् र होटल तथा पर्यटन समूह ०.८० र अन्य समूह ०.९४ प्रतिशतले घटेको छ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको ११ करोड ८९ लाख ९५ हजार ३६४ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने साङ्ग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको सबैभन्दा बढी दुई लाख ४१ हजार ८९७ कित्ता शेयर किनबेच भएको छ।