सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यस्ता छन् मुख्य प्राथमिकताका बिषय

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यस्ता छन् मुख्य प्राथमिकताका बिषय


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१र०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । संसद् भवन नयाँ बानेश्वरमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

राष्ट्रपति पौडेलले सार्वजनिक गरिरहेको नीति कार्यक्रममा सरकारले संविधान कार्यान्वयन,संघीयताको सबलीकरण,अर्थतन्त्रको सुधार र पुर्नउत्थान,उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जजना सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सबलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता रहेको बताएका छन् ।