कोका कोला महोत्सव नामक नयाँ योजना सार्वजनिक

कोका कोला महोत्सव नामक नयाँ योजना सार्वजनिक


काठमाडौं । कोका कोलाले ‘कोका कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरुले रेष्टुरेण्टमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

सो अभियानका लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्सजस्ता विभिन्न रेष्टुरेण्टहरुसँग सहकार्य गरेको बताइएको छ।

यी रेष्टुरेण्टमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरुले २० देखि २५ प्रतिशत सम्मको छुट अथवा केही खानासंग निःशूल्क कोक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

 

‘कोका कोला महोत्सव’ बैशाख २६ गतेदेखि जेठ २५ सम्म चल्नेछ।