आज सुनको मूल्यमा सामान्य गिरावट

आज सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौँ । आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन सोमबार घटेर १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १ हजार ७१५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।