कपडाभित्र लेपन गरेर ल्याएको सुनसहित २ जना पक्राउ

कपडाभित्र लेपन गरेर ल्याएको सुनसहित २ जना पक्राउ


काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडाभित्र लेपन गरेर ल्याएको सुनसहित २ जना पक्राउ परेका छन्। विमानस्थल सुरक्षा कार्यालयका अनुसार दुबईबाट काठमाडौं आउँदै गरेका भारतीय नागरिक सुरेश कुमार र मोहनकुमार गणेशनलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको कपडा जाँच गर्ने क्रममा सुनका लेपन लगाइएको फेला पारेको थियो। आइतबार साँझ उनीहरू फ्लाई दुबईबाट काठमाडौं ओर्लिएका थिए।

भन्सार जाँचपास पार गरेपछि विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।