साताको पहिलो कारोबार दिन आज नेप्से ८ अंक भन्दा माथि

साताको पहिलो कारोबार दिन आज नेप्से ८ अंक भन्दा माथि


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ८ अंक भन्दा माथिले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ८.२६ अंकले बढ्दै १९७४.५० अंकमा उक्लिएको हो ।

आइतबार कारोबार समेत सवा तीन अर्बमाथिको भएको छ । फाइनान्स, होटल तथा पर्यटन समूह र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक बाँकी १० वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी नन् लाइफ इन्स्योरेन्सको उपसूचक २.६४ प्रतिशतले बढेको छ भने आइतबार सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक २.४० प्रतिशतले घट्न पुगेको छ ।

सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आइतबार १० प्रतिशतले बढेको छ भने मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.४४ प्रतिशतले घट्न पुगेको छ ।

२४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा आइतबार १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ र ७ वटाको स्थिर रहेको छ ।