निक्षेप ४ चार खर्ब ९ अर्बले चार बढ्दा दुई खर्ब २२ अर्ब कर्जा प्रवाह

निक्षेप ४ चार खर्ब ९ अर्बले चार बढ्दा दुई खर्ब २२ अर्ब कर्जा प्रवाह


काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा दुई अर्ब २२ अर्बले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/०८१ को ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा ४.६ प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब २१ करोडले बढेको हो ।

यस्तै, बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप चार खर्ब ९ अर्बले बढेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप ७.२ प्रतिशत अर्थात् चार खर्ब ९ अर्बले चार करोडले बढेको छ ।

गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको हिस्सा ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३७।३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
नौ महिनाको अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४.७ प्रतिशतले, विकास बैंकहरूको ४.२ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.५ प्रतिशतले बढेको छ ।

गत वर्षको यस अवधिमा कर्जा प्रवाह एक खर्ब ६१ अर्ब ९८ करोड ९३.५ प्रतिशत०ले बढेको थियो भने निक्षेप तीन खर्ब ५५ अर्ब ८९ करोड ९७.० प्रतिशत०ले बढेको थियो ।