सेयर बजारमा ५ अंकको वृद्धि

सेयर बजारमा ५ अंकको वृद्धि


काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य मात्र सुधार आएको छ । बिहीबार सेयरबजार ५.६३ अंकले बढेर १९६६ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ ।