आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा ८ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।