काठमाडौं । आजभोलिको मौसम नै गर्मी अझ त्यसमाथि पनि घर बाहिर निस्किदा लाग्ने चर्को घाम । जसका कारण स्वासथयसँग जोडिएका विभिन्न समस्याहरु आइरहेका छन् । जसबाट बच्नका लागि हामीले अनेकौं उपायहरु अपनाइरहेका हुन्छौं । तर गर्मीलाई एउटा नरिवल पानी मात्रले केही समस्याहरुबाट छुट्कारा दिलाउन सक्छ । गर्मीमा नरिवल पानी पिउँदा कस्ता समस्याहरुबाट छुट्कारा पाउन सकिन्छ यसबारेमा आज हामी यहाँहरुलाई बताउनेछौं ।
थकान गर्छ
गर्मी मौसममा यदी तपाईंले स्वस्थ खानपान लिनुभएन भने शरीरमा पोषक तत्वहरुको कमी हुन थाल्छ । जसले गर्दा गर्मी मौसममा मानिस एकदमै छिटो थकान महसुस गर्छन् । यस्तोमा तपाईंले आफ्नो खानपानमा नरिवल पानीलाई समावेश गराउन सक्नुहुन्छ । दिनमा एकपटक नरिवल पानी सेवन गर्नाले तपाईंको थकान कम हुनुका साथै ताजगी र शरीरमा ऊर्जावान महसुस गर्नुहुनेछ ।
कमजोरी हटाउछ
नरिवल पानीमा पाइने खनिज तथा पोषक तत्वहरुले शरीरको आन्तरिक सन्तुलनलाई बनाइराख्ने काम गर्छ । जसले गर्दा कमजोरीको समस्या हुँदैन । नरिवल पानीमा प्राकृतिक रुपमा पोटाशियम, म्याग्नेशियमका साथै कैयौं भिटामिनहरु पाइन्छ जसले शरीरमा ऊर्जा दिनुका साथै कमजोरीलाई हटाउँछ ।
टाउको दुखाई कम गर्छ
गर्मीको मौसममा बढी सूर्यको किरणमा हिँड्दा वा गर्मीले पसिना धेरै आउँदा शरीरमा पानीको कमी हुन्छ । जसले गर्दा टाउको दुख्ने समस्या पनि हुन सक्छ । यस्तोमा तीव्र घामले दुखेको टाउकोलाई निको पार्न पनि नरिवल पानीको सेवन गर्न सकिन्छ । यसले शरीरको थकानसँगै टाउको दुखेको पनि कम गर्छ ।
डिहाइड्रेशन हुनबाट बचाउन
गर्मी मौसममा हुने मुख्य समस्यामा डिहाइड्रेशन पनि पर्दछ । डिहाइडे«शनले गर्दा शरीरमा अन्य समस्याहरु पनि उत्पन्न हुन थाल्छन् । त्यसैले नरिवलको पानी पिउँदा शरीरलाई डिहाइडे«शनको समस्याबाट बचाउन सकिन्छ । नरिवल पानीमा इलेक्ट्रोलाइट्स हुन्छन् जस्तै पोटाशियम, म्याग्नेशियम र सोडियम जसले शरीरलाई हाइडे«टेड बनाइराख्न सहयोग गर्छन् ।



प्रतिक्रिया