काठमाडौँ वैज्ञानिकहरुले प्लास्टिक खाने ब्याक्टेरिया पत्ता लगाएका छन्। यसले प्रदूषण न्यूनीकरण गर्न सहयोग गर्ने उनीहरूको भनाई छ ।
अस्ट्रेलियाका वैज्ञानिकहरूले ूसुपरवर्मू को सङ्ज्ञा दिइएको जोफोबास मोरियो नामक एक किसिमको खपटेकीराको लार्भा पोलिस्टाइरीन खाएर बाँच्न सक्ने पत्ता लगाएका हुन्।
उनीहरूका अनुसार उक्त लार्भाको पेटमा हुने विशेष प्रकारको एन्जाइम ९पाचनरस० ले प्लास्टिक पचाउन सहयोग गर्छ।
उक्त अध्ययनमा संलग्न एक अनुसन्धाताका अनुसार यसले पुनस्प्रयोगको प्रयास अघि बढाउन ठूलो सहयोग गर्न सक्छ।
ूसुपरवर्म सानो पुनस्प्रयोग कारखानाजस्तै हो। मुखले पोलिस्टाइरीन टुक्रा पार्ने र पेटमा भएका ब्याक्टेरियालाई खुवाउने,ू डा। क्रिस रिन्कले भने।
यूनिभर्सिटी अफ क्वीन्सल्यान्डका अनुसन्धानकर्मीहरूले तीन समूहमा राखिएका सुपरवर्मलाई तीन सातासम्म छुट्टाछुट्टै आहारा दिएका थिए। पोलिस्टाइरीनको खाना दिइएका लार्भाको तौल बढेको उनीहरूले पाए।
उनीहरूले सुपरवर्मको पेटमा पोलिस्टाइरीन र स्टाइरीन पनि गलाउन सक्ने धेरै एन्जाइम भएको पत्ता लगाए। रेस्टुराँले बेच्ने खानेकुरा राख्न प्रयोग गरिने टेकअवे कन्टेनर र इन्सुलेशन तथा कारका पाटपुर्जा बनाउन पनि पोलिस्टाइरीन र स्टाइरीन चाहिन्छ।



प्रतिक्रिया