काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले डिजिटल कारोबारको माध्यमबाट ग्राहकहरुलाई नगद भुक्तानीमा थप सहज गराउने उद्देश्यले औपचारिक कार्यक्रम गरि क्यू आर टेलर सुविधाको सुरुवात गरेको छ ।
कार्यक्रमको औपचारिक सुरुवात संस्थाका अध्यक्ष श्री युवराज भण्डारी ज्यू ले गर्नु भएको हो । सो समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री तोयराज अधिकारी, एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश लाल श्रेष्ठ, सहायक महाप्रबन्धक श्रीमती अर्चना प्रधान, मुख्य प्रबन्धक श्रीमती शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रबन्धक श्री शिवराज भण्डारी तथा संस्थाका अन्य कर्मचारी तथा गा्रहाकहरुको समुपस्थिति रहेको थियो ।
क्यू आर टेलर सुविधाबाट संस्थाका गा्रहाकहरुले सो प्रविधि मार्फत नगद भुक्तानी लिन सक्ने छन् । यस प्रविधिले गा्रहाकहरुलाई आफ्नो कारोबार गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ । सो क्यू आर टेलर सुविधा संस्थाले हाललाई काठमाण्डौं उपत्यकाको शाखाहरुमा सुरुवात गरेको छ भने निकट भविष्यमा देशभरका सबै शाखाहरुमा सुरुवात गर्ने योजना रहेको छ ।
यस संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।




प्रतिक्रिया