दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको ज्यान गयो

दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको ज्यान गयो


काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ ।

नौसेनाको तालिमका क्रममा मंगलबार बिहान लुमुट शहरमा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।

यी हेलिकप्टरले रोयल मलेसियन नौसेना परेडका लागि प्रशिक्षण गरिरहेका थिए । दुर्घटनामा हेलिकप्टरमा रहेका सबै १० जनाको ज्यान गएको खबरमा उल्लेख छ ।