काठमाडौं । साताको दोस्रो कारोबार दिन बजार परिसूचक नेप्से ओरालो लागेको छ।
आइतबार १२ अंकले बढेको नेप्से सोमबार १५.४१ अंकले घटेर १९६९.०२ विन्दुमा पुगेको छ।
आज ५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर बिक्री हुँदा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
साथै, ४९ कम्पनीको सेयर मूल्य बढे पनि १८६ कम्पनीको घटेको छ। १० वटाको मूल्यमा कुनै परिवर्तन आएको छैन।
सोमबार सामूहिक लगानी कोषबाहेक सबै समूहको सूचक राताम्य भएका छन्।



प्रतिक्रिया