आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुन आज प्रतितोला ११ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।