पोर्चुगल पुगेका टेकबहादुरको शव दुई साता पछि समुद्रमा भेटियो

पोर्चुगल पुगेका टेकबहादुरको शव दुई साता पछि समुद्रमा भेटियो


पोर्चुगल । महिनादिन अघि मात्रै पोर्चुगल पुगेका टेकबहादुरको शव समुद्रमा भेटिएको छ । सामुद्रिक खाना शंखजन्य जीव ९सेलफिस०खोज्ने क्रममा करिब दुई साता अघिदेखि समुद्रमा बेपत्ता उनको शव भेटिएको हो ।

समुद्रमा बेपत्ता भएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको छ ।

दुई साता अघि मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको थियो ।

सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका थिए । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । भने टेकबहादुरको शव फेला परेको थिएन । धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए ।

मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईका अनुसार दुवै जना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।

धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए । दुवैजना नाताले काकाभतिज पर्छन् । दुवैजना मोन्तिजो बस्दै आएका थिए ।