काठमाडौं । सोमबार रातिदेखि मंगलबार अबेरसम्म यूएईमा ७५ वर्षयताकै ठूलो पानी परेको छ । खालीज टाइम्सका अनुसार यूएईमा ठूलो पानी परेको हो । यूएई मौसम विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा अल ऐनमा २५४ मिलिमिटरसम्म पानी परेको थियो ।
![]()
तस्बिर एएफपी/रासस
खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा परेको भीषण वर्षाका कारण दुबई, आबुधाबीलगायतका ठूला सहरमा यातायात र हवाई उडान अवरुद्ध भएका छन् ।
यूएईमा सन् १९४९ देखि मौसमसम्बन्धी तथ्यांक संकलन गर्न लागिएको हो । समाचार संस्था एपीका अनुसार यूएईमा बाढीका कारण एक जनाको मृत्यु भएको छ । रस अल खैमाहमा बाढीले गाडी बगाउँदा ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

तस्बिर एएफपी/रासस
यूएईसहित बहराइन कतार र साउदी अरबमा पनि पानी परेको छ । यसअघि मौसमविद्हरूले बहराइनमा बाढी आउन सक्ने चेतावनी दिएका थिए । यूएईमा ठूलो पानी परेसँगै छिमेकी मुलुक ओमानमा बाढी आएको थियो ।
ओमानमा बाढीका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । ओमानमा बाढीले विद्यालयको गाडी बगाउँदा ९ जना विद्यार्थी र चालकको मृत्यु भएको छ । उद्धारकर्ताहरूले हराइरहेका २ जनाको खोजी गरिरहेको जनाएका छन् । ओमान र यूएईमा वर्षाका कारण विद्यालयहरू बन्द गरिएका छन् ।
गत वर्ष मात्र ओमान र यूएईले जलवायु परिवर्तनसम्बन्धी पक्षराष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन ९कोप–२८० आयोजना गरेका थिए । सम्मेलनमा जलवायु परिवर्तनका कारण विश्वका केही भूभागमा भीषण वर्षा र बाढी आउन सक्ने जोखिमबारे चर्चा भएको थियो ।



प्रतिक्रिया